काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) कालापानी र लिम्पियाधुरासमेत समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक, सिंगो विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको र यसले नेपालीको मन पनि बदलिएको मन्त्री अर्यालको भनाइ । (नेपालको नयाँ नक्सा सार्वजनि)
२) थप २५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ४ सय २७ पुग्यो, ८ जना कोरोना संक्रमित डिस्चार्ज भएपछि निको हुनेको संख्या ४५ । (संक्रमितको संख्या ४२७ पुग्यो)
३) खारेज गर्न सिफारिस संघ संस्थालाई करोडौँ बजेट, राष्ट्रिय युवा परिषदलाई दिइयो १० करोड ६० लाख रुपैयाँ, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पनि खारेज गर्नुपर्ने । ( खारेज गर्न सिफारिस संस्थालाई बजेट)
४) इंग्लिस प्रिमियर लिगमा सामूहिक अभ्यास सुरु भएकै दिन खेलाडीमा देखियो कोरोना, केहीमा संक्रमण देखिएकाले लिग सुरु हुने मितिमा अन्योल । ( खेलाडीमा देखियो कोरोना)
५) र, डब्लुएचओलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ३० दिने अल्टिमेटम लगत्तै महत्वपूर्ण प्रस्ताव पारित, डब्लुएचओका सदस्य राष्ट्रहरू कोभिड–१९ बारेको नीतिमा स्वतन्त्र छानबिन गर्न सहमत । (स्वतन्त्र छानबिन गर्न सहमत)