काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) शनिबार मात्रै नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या २ सय ७६ पुग्यो, ३६ जना उपचारपछि निको । ( संक्रमितको संख्या २७८ पुग्यो)
२) नीति तथा कार्यक्रममा समेटियो ‘एमसीसी’, लप्सीफेदी–रातामाटे–दमौली–बुटवल ४ सय केभी प्रशारण लाइन निर्माण अगाडि बढाइने, पछाडिको ढोकाबाट छिराउन खोजिएको भीम रावलको भनाइ । (नीति तथा कार्यक्रममा समेटियो ‘एमसीसी’)
३) नेकपा नाम विवादः तीन वर्ष पुग्दा पनि अदालतले दिन सकेन निर्णय , ८ पटक पेशी तोकियो, एक पटक मात्र सुनुवाई । (सुल्झिएन नेकपा नाम विवाद)
४) इटालियन लिग फुटबल सिरि ए इटाली सरकारले आउँदो जुन १३ मा सुरु गर्न अनुमति दिने लगभग पक्का, आउँदो सोमबारदेखि सामूहिक अभ्यास सुरु गरिने । ( १३ जुनदेखि सिरि ए संम्भावना)
५) र, अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता, भारतीय र अमेरिकी वैज्ञानिक मिलेर कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाउने कार्यमा लागिपरेको ट्रम्पको भनाइ । (ट्रम्प–मोदीबीच फोनवार्ता)