काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) भारतले नेपालको भूमि हुँदै मानसरोवरसम्म पुग्ने बाटो बनाएपछि कालापानी र लिपुलेकको विवाद फेरि सांसदमा पेचिलो, अन्तर्राष्ट्रियकरण गरी संयुक्त राष्ट्र संघमा लैजान माग । (सीमाबारे सांसद)
२) उदयपुरमा थप १ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १ सय १० पुग्यो, २४ घण्टामा १ हजार ३१६ जनाको कोरोना परीक्षण । (थप एक जनामा कोरोना)
३) नेपाली भूमिमा भारतले सडक बनाएकोबारे दुई पक्षीय संवाद थाल्न सरकारलाई संसदीय समितिको निर्देशन, अन्यथा अन्तर्राष्ट्रियकरण गर्न सुझाव, चीनसँग पनि वार्ता गर्नुपर्ने नेकपा अध्यक्ष दाहालको भनाइ । (सीमा विवादमा संवाद थाल्न निर्देशन)
४) एकै खेलमा ९० मिनेटको समयमा एक टिमले पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाउने पक्का, भिडियो असिस्टेन्ट रेफ्री प्रयोग नगर्ने सम्बन्धमा पनि छलफल । ( पाँच खेलाडी परिवर्तन पक्का)
५) र, कोरोना भाइरस संक्रमितको सम्पर्कमा पुगेकोपछि अमेरिकाको ह्वाइटहाउस कोरोना भाइरस टास्कफोर्सका दुई सदस्य क्वारेन्टाइनमा, राष्टपति र उपराष्टपतिको दैनिक कोरोना परीक्षण । (राष्ट्रपति र उपराष्ट्रपतिको नियमित परिक्षण)