काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) संसद अधिवेशन सुरु भइपछि सबै सांसदलाई निर्वाचन क्षेत्र जान प्रतिबन्ध, कोरोना परीक्षणको ‘रिपोर्ट’ नदेखाई संघीय संसदका सदस्यले बैठकभित्र प्रवेश गर्न नपाउने । (सांसदलाई जिल्ला जान प्रतिबन्ध)
२) धुम्बाराहीमा नेकपाका असन्तुष्ट २० नेताहरुको बैठक, तत्काल स्थायी कमिटी बैठक बोलाउँन माग, एक दुईदिन भित्रै बैठक बोलाउने तयारी भएको अध्यक्ष दाहालको भनाइ । (बैठक बोलाउन दबाब)
३) सरकारको नीति तथा कार्यक्रम जेठ २ मा प्रस्तुत हुने, प्रि बजेट छलफल २८ गतेदेखि, बजेट अधिवेशनअघि कोरोना परीक्षण गर्न संघीय संसदमा ४४१ जनाको स्वाब संकलन । (४४१ जनाको स्वाब संकलन)
४) कोरोना भाइरसका कारण रोकिएको जर्मन फुटबल लिग बुन्डेस लिगा यसै महिना सुरु हुने, लिग सुरु गर्ने विषयमा जर्मन चान्सलर एन्जेला मर्केलको अनुमति । ( बुन्डेस लिगा यसै महिना)
५) र, कोरोना भाइरसको आक्रमण अमेरिकामाथि भएको अहिलेसम्मकै ठूलो भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप, दोस्रो विश्वयुद्धमा भएको पर्ल हार्बर र सेप्टेम्बर ११ भन्दा ठूलो रहेको दाबी । (अमेरिकामाथि कोरोना आक्रमणको दाबी)