काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, २ महिनाको बच्चामा पनि संक्रमण, ९९ जना संक्रमितमध्ये २२ जना उपचारपछि निको । (एकै दिन १७ जना संक्रमित)
२) कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै सरकारद्वारा लकडाउन १० दिन थप्ने निणर्य, जेठ ५ गतेसम्म लकडाउन जारी रहने । (लकडाउन १० दिन थपियो )
३) बजेट अधिवेशनमा स्वास्थ्यलाई उच्च प्राथमिकता दिदैं संसद सचिवालयको तयारी, सांसदहरुबीच दुई कुर्सी खाली, कोरोना परीक्षण र मास्क अनिवार्य, संसद भवनबाहिर हात धुन साबुन पानीको व्यवस्था । (संसद भवनमा तयारी)
४) एकै खेलमा पाँच खेलाडी परिवर्तनको नियम ल्याउन फिफाको तयारी, कम समयमा धेरै खेल खेल्नुपर्ने र खेलाडीहरुको फिटनेसमा समस्या आउन सक्ने भनाइ । ( नियम परिवर्तनको तयारीमा फिफा)
५) र, कोरोना भाइरस संक्रमणपछि गठित ह्वाइटहाउस कोरोना टास्कफोर्स विघटन गर्ने अमेरिकाको तयारी, आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै यसलाई परिर्वतन गरिने राष्ट्रपति ट्रम्पको भनाइ । (ह्वाइटहास टास्कफोर्स विघटनको तयारी)