काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) नेपालगञ्जमा थप ७ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो, नेपालगञ्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने सर्वदलिय बैठकको निर्णय । (थप सात जनामा कोरोना)
२) अनलाइन कक्षाका नाममा शुल्क असुल नगर्न सबै विद्यालयलाई सरकारको निर्देशन, अर्को सूचना जारी नभएसम्म भर्ना तथा पठनपाठनमसेत संचालन नगर्न सूचित । (शुल्क नअसुल्न विद्यालयलाई सरकारको निर्देशन)
३) ३ वर्षसम्म नयाँ वायुसेवा प्रदायकलाई सञ्चालन अनुमति रोक्न सुझाव, आगामी २ वर्ष नयाँ होटल सञ्चालनमा पनि प्रतिबन्ध लगाउन अध्ययन समितिको निष्कर्ष । (अध्ययन समितिको सुझाव)
४) स्पेनिस ला लिगाका रोकिएका खेल जुनमा सुरु गर्नेगरी तयारी, पहिलो चरणमा व्यक्तिगत अभ्यासलाई परिस्थिति अनुसार सामूहिक लैजाने क्लबको योजना । ( ला लिगा सुरुको तयारी)
५) र, विश्वका केही देशहरु एक–अर्काबीच सूचना साटासाट गर्दै कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण तयारीमा, अमेरिका र चीनबीच भने ‘अघोषित युद्ध’ । (अमेरिका–चीनबीच ‘अघोषित युद्ध’)