काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) प्रचण्डलाई एकल अध्यक्षको प्रस्तावसहित प्रधानमन्त्री ओलीद्वारा मुख्य तीनै नेतालाई आश्वासन, बहसलाई विकेन्द्रित गर्न ओलीले चलाखीपूर्वक त्यस्तो प्रस्ताव ल्याएको विश्लेषण । (तीन नेतालाई प्रधानमन्त्रीको आश्वासन)
२) कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी असारमा पूर्ण प्याकेज ल्याउने तयारी नेपाल राष्ट्र बैंक, बैंकको निर्देशन पुरा नगरे हस्तक्षेप गर्न सक्ने गभर्नर अधिकारीको संकेत । (राष्ट्र बैंकको प्याकेज तयारी)
३) स्वास्थ्य सामग्री ल्याउन खोलिएको तातोपानी नाकाबाट स्याउ र लुसन भित्र्याइएपछि विवाद, अन्य सामग्री आयात गर्दा कोरोना सर्ने जोखिम भएको भोटेकोशी गाउँपालिकाको भनाइ । (स्याउ र लुसन भित्र्याइएपछि विवाद)
४) सिजनको बाँकी खेल सुरु गर्ने तयारी गरिएको जर्मनको शीर्ष डिभिजन लिग अनिश्चित बन्ने संकेत, अभ्यासका क्रममा तीन जनामा कोरोना भाइरस संक्रमण । ( तीन जनामा कोरोना संक्रमण)
५) र, किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखा परेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमको दाबी, किमले मल कारखाना उद्घाटन गर्न रिबन काट्दै गरेको तस्बिर सार्वजनिक । (सार्वजनिक कार्यक्रममा देखिए किम)