काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) लकडाउन खुलेको १५ दिनपछि परीक्षा गर्ने तयारी भइरहेको शिक्षमन्त्री गिरीराजमणि पोखरेलको भनाइ, परिक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गरिने दाबी । (लकडाउन खुलेको १५ दिनपछि परिक्षा)
२) २५ दिनपछि साढे २५ लाख बुझाएर रिहा भएलगत्तै फेरि पक्राउ परे व्यापारी सुलभ अग्रवाल, कालोबजारीबाटै अकुत सम्पत्ति आर्जन गरेको आशंकामा सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान गर्ने । (फेरि पक्राउ परे अग्रवाल)
३) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०७७÷०७८ को बजेट तयारी अन्तिम चरणमा, ५३ अर्ब ८३ करोडको सिलिङ, महामारी तथा रोग नियन्त्रणलाई जोड । (स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ)
४) अन्तर्राष्ट्रिय क्रिकेट परिषद्द्वारा सिन्धिस फ्रेन्चाइज टिमका मालिक दीपक अग्रवाललाई २ वर्षको प्रतिबन्ध, आइसिसीको भ्रष्टाचार सम्बन्धी नियम उलंघन गरेको पुष्टि । ( आइसिसीको प्रतिबन्ध)
५) र, चीनले आफू दोस्रो पटक राष्ट्रपति नहोस् भन्ने चाहेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप, कोरोना महामारीका विषयमा चीनले गरिरहेको क्रियाकलाप यसको प्रमाण भएको तर्क । (चीनप्रति ट्रम्पको आक्रोश)