काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) दुई घण्टा पनि टिकेन सरकारी निर्णय शुक्रबार र शनिबार उपत्यका बाहिर जान नपाइने, बाहिर जान दिदा भिडभाड बन्दै विरोध भएपछि निर्णयबाट पछि हट्यो सरकार । (उपत्यका बाहिर जान नसकिने)
२) कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिकाको तयारी, बिना मास्क सामान किन्न प्रतिबन्ध, निगरानी गर्न ‘टास्क फोर्स’, २५ बेडको आइसोलेसन वार्ड तयारी अवस्थ । (मास्कबिना सामान किन्न प्रतिबन्ध)
३) कठिन परिश्थितिमा संघीय र प्रदेश सरकारले टुलुटुलु हेरिरहेको महाकाली नगरपालिका दार्चुलाको गुनासो, संघीय सरकारको यही रबैया रह्यो भने कोरोना भाइरस नियन्त्रणमा कठिन हुने भनाइ । ( दार्चुलाका दुःख)
४) ६ दिनको छलफलपछि स्पेनिस क्लब रियल मड्रिडका खेलाडी १० प्रतिशत तलब कम लिन तयार, सजन नसकिए २० प्रतिशत कम गर्ने सहमति । (रियल मड्रिडमा सहमति)
५) र, विश्व स्वास्थ्य संगठन चीनकेन्द्रित भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोपको डब्लुएचओद्वारा खण्डन, कोरोना भाइरसमाथिको राजनीति अन्त्य गर्न आह्वान, कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राख्न आग्रह । (डब्लुएचओको आपत्ति)