काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा स¥यो कोरोना भाइरस सङ्क्रमण, कैलालीमा दुई र कञ्चनपुरमा एक सहित संक्रमितको संख्या ९ पुग्यो । (थप तीन जनामा कोरोना संक्रमण)
२) चीनबाट अत्यावश्यक मेडिकल सामाग्री ल्याउँदा अनियमितता भएको खबरप्रति नेकपा सचिवालय सदस्यको चासो, प्रचण्डलाई फोन गरेर सचिवालय बैठक डाक्न वरिष्ठ नेता खनालको आग्रह । (छनोट विवादमा)
३) कोरोना भाइरसविरुद्ध लड्न सरकारको पहलकदमी प्रयाप्त नभएको प्रमुख प्रतिपक्ष दल कांग्रेसको निष्कर्ष, चैत्र २५ पछिको रणनीति र योजनाबारे सरकारसँग जिज्ञासा । (सरकारसँग कांग्रेसको जिज्ञासा)
४) प्रिमियर लिग अनिश्चितसम्म स्थगित, खेलाडीलाई ३० प्रतिशत तलब कम लिन आग्रह, क्लबको स्टेडियम र स्वास्थ्यकर्मी राष्ट्रिय स्वास्थ्य सेवाका लागि सहयोग गर्न सकिने । (प्रिमियर लिग अनिश्चित)
५) र, जापानको टोकियोमा कोरोना संक्रमण दर गत साता ४० संक्रमितबाट दोब्बर बढेर ९७ पुग्योे, जापानले आवश्यक तयारी नगरेको भन्दै अर्को न्यूयोर्क बन्ने विज्ञको चेतावनी । (जापानमा विज्ञको चेतावनी)