काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) देशभर लकडाउनकाबीच सेनाद्वारा ’फास्ट ट्र्याक’को परामर्शदाता छनोट विवादमा, छानिएको कम्पनी भारतको कालोसूचीमा, ब्रह्मपुत्र नदी पुलको डिपिआरमा जालसाजी गरेको आरोप
२) स्वास्थ्य सामग्री खरीदमा संलग्नलाई कारबाही गर्न कांग्रेस सभापति देउवाको माग, खरीदमा संलग्नलाई जिम्मेवारीबाट मुक्त गरी अनुसन्धान र कारबाही थाल्न प्रधानमन्त्रीलाई आग्रह ।
३) नेपाल विद्युत प्राधिकरणको नाफा १० अर्ब ६७ करोड ७९ लाख, प्राधिकरणका आगामी दिन अझै सुनौला हुने कार्यकारी निर्देशक घिसिङको विश्वास ।
४) कोरोना भाइरसका कारण अनिश्चित बन्दै युरोपियन लिग, प्रिमियर लिगका २० क्लब भिडियोमार्फत बैठक गर्दै, ३० अप्रिलमा सुरु हुने भनिएका खेल अझ पछि धकेलिने सम्भावना
५) र, जापानद्वारा अमेरिका, बेलायत र चीनसहित ७० भन्दा बढी मुलुकका नागरिकलाई यात्रामा प्रतिबन्ध, १४ दिनभित्र यी मुलुकको भ्रमण गरेका नागरिकमा पनि लागू हुने
पूरा समाचार भिडियोमा