काठमाडौं- नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेकी छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट अनुसार १९ वर्षकी युवतीमा संक्रमण भेटिएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाका अनुसार उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी थिइन्। उनी चैत ४ मा क्युआर६५२ बाट नेपाल आएकी थिइन्। उनका आफन्तले उनलाई स्वास्थ्य परिक्षण गर्न पठाउँदा कोरोना संक्रमण पुष्टी भएको थियो।