समता अस्पताल प्रकरण : पोस्टमार्टम रिपोर्ट भन्छ-आत्महत्या

प्रहरी भन्छ- उत्तम सञ्जेल पक्राउ परेका छैनन्
नेपाल लाइभ | २०७६ असार ४ बुधबार | Wednesday, June 19, 2019 २२:१३:०० मा प्रकाशित

काठमाडौं- काठमाडौंको बौद्धस्थित समता अस्पतालमा क्लिनरका रुपमा कार्यरत २७ वर्षीया विमला तामाङले आत्महत्या गरेको पोस्टमार्टम रिपोर्टले देखाएको छ। 

पोस्टमार्टम रिपोर्ट अनुसार तामाङले आत्महत्या गरेको देखिएको अस्पताल स्रोतले जानकारी दिएको हो। 

मृतकका आफन्तले भने अस्पताल प्रशासन नै हत्यामा संलग्न रहेको आरोप लगाएर आक्रसित बनेका थिए। 

आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका थिए।

यसैबीच घटनापछि तीन जनालाई सोधपुछ गरिए पनि अस्पतालका संचालक उत्तम सञ्जेललाई भने पक्राउ नगरिएको प्रहरीले जानकारी दिएको छ। 

तामाङ दुई महिनादेखि समता अस्पतालमा क्लिनरको रुपमा काम गर्दै आएकी थिइन्। 

मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रशासन र अस्पताल छिर्ने गेट बन्द गरिएको छ।

अहिले अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

आफन्तले नाराबाजी गरेपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।