कोरियाली भाषा परीक्षा : ८ हजारभन्दा बढी अनुपस्थित, १५६ जना नक्कली परीक्षार्थी पक्राउ

नेपाल लाइभ | २०७६ जेठ २६ आइतबार | Sunday, June 09, 2019 १६:५९:०० मा प्रकाशित

फाइल तस्बिर


काठमाडौं- कोरिया रोजगारी सन् २०२० का लागि ९२ हजार ३ सय ५२ जना युवाहरुले आवेदन दिएकोमा शनिवार र आइतबार गरेर ८४ हजार २ सय १५ जना विद्यार्थीहरु सहभागि भएका छन्। ८ हजार १ सय ४१ जना विद्यार्थीहरु अनुपस्थिति भएका छन्। 

जसमध्ये पनि अमर्यादित काममा संलग्न अरुको परीक्षा दिन आएका नक्कली परीक्षार्थीहरु पक्राउ गरिएको छ। 

यस वर्ष हालसम्मकै बढी परीक्षार्थीले आवेदन दिएका छन्। 

गत चैत ८ देखि दश दिनसम्म खुलेको आवदेनमा युवाहरूले अनलाइन प्रणालीबाट फर्म भरेका थिए।

आगामी वर्ष अर्थात् सन् २०२० का लागि सञ्चालन भएको परीक्षाबाट कोरियाले १० हजार ५० युवालाई छनोट गर्नेछ। यस मध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० छानिने छन् भने कृषि क्षेत्रमा ३ हजार युवाको नाम प्रकाशित हुनेछ। 

परीक्षार्थीलाई एक घण्टा अभिमुखीकरण तालिम दिने भएकाले इपिएस कार्यालयले निर्धारित समय भन्दा दुई घण्टा अघि नै परीक्षा केन्द्रमा प्रवेश गर्न आह्वान गरेको छ।

परीक्षार्थीका लागि २८ केन्द्र काठमाडौंमा तोकिएको छ भने ४ केन्द्र पोखरा तोकिएको छ।

आर्थिक कमाइको उत्कृष्ट गन्तव्य रहेको कोरियामा ५५ हजार बढी नेपाली युवाहरू रोजगारीमा रहेका छन्।

दुई देशका सरकार बीच सम्झौता भई सरकारी तबरमा २००८ देखि नेपालले दक्षिण कोरियामा कामदार पठाउँदै आएको छ।

परीक्षाको नतिजा असार १३ मा प्रकाशित हुनेछ।