काठमाडौं– गायक सन्तोष लामा नयाँ गीत लिएर आएका छन्। मंसिर बोलको उनको गीत शुक्रबार युट्युबबाट सार्वजनिक भएको हो।
यो गीतमा टिकटकबाट छाएकी अमिता गुरुङ पहिलो पटक म्युजिक भिडियोमा देखिएकी छन्। अमितासँगै सन्तोष लामाले पनि भिडियोमा अभिनय गरेका छन्। भिडियोमा नयाँ डान्स क्रू वाइजर इराको पनि आकर्षक नृत्य समावेश गरिएको छ।
गीत एकतारेले लेखेका हुन्। पप जानराको यो गीतमा सुशान्त गौतमले संगीत दिएका छन्, शैलेन्द्रमान प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियो सन्तोष लामाले नै निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।