शरण हुमागाईंको ‘हाँस्ने खेल्ने’ बजारमा [भिडियो]

नेपाल लाइभ | २०७६ जेठ २४ शुक्रबार | Friday, June 07, 2019 १६:३२:०० मा प्रकाशित

काठमाडौं– लोक दोहोरी गायक तथा सञ्चारकर्मी शरण हुमागाईं र सपना गुरुङको स्वरमा नयाँ गीत बजारमा आएकोे छ। ‘हाँस्ने खेल्ने’ बोलको गीतमा वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय रहेको छ। 

डिएआर मुभिजको प्रस्तुति रहेको गीतमासरोज लामिछानेको  थेगो र शरण हुमागाईंकैे शब्द रहेको छ। 

गीतको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन्।

हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा हेरुका र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ।

भिडियोको दृश्य छायांकन र ड्रोन रोनिश तामाङको छ। म्युजिक भिडियोको सम्पादन नवीन भट्टले गरेका छन्।

गीतमा राजाराम गौतमको कला रहेको छ भने म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाईंको रहेको छ।