नेकपा (मसाल)को महामन्त्रीमा पुन: मोहन विक्रम सिंह

नेपाल लाइभ | २०७६ जेठ २३ बिहीबार | Thursday, June 06, 2019 २०:५४:०० मा प्रकाशित

काठमाडौं– नेकपा (मसाल)काे ८औं महाधिवेशनबाट मोहन विक्रम सिंह पुनः महामन्त्रीमा निर्वाचित भएका छन्।

आज सम्पन्न भएको महाधिवेशनबाट सिंहसहित २४ जना पूर्ण केन्द्रीय सदस्य, ९ जना वैकल्पिक र ९ जना सल्लाहकार समितिमा निर्वाचित भएका छन्। 

यस महाधिवेशनसँगै सिंह पाँचौं पटक महामन्त्रीमा निर्वाचित भएका हुन्।