काठमाडौं– पेशाले इञ्जिनियर गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको 'पिरिमको बाढी' बोलको गीत सार्वजनिक भएको छ। गीतमा संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय गरेका छन्।
'घर हाम्रो लेकैमा', 'माया लाग्छ निष्ठुरीको', 'लटरपटर' लगायतका गीतहरु सार्वजनिक गरिसकेका गायक तथा इञ्जिनियर वीरेन्द्र श्रेष्ठको फेरि अर्को नयाँ गीत सार्वजनिक भएको छ। श्रेष्ठको स्वर तथा दिपक शर्माको शब्द संगीत रहेको उक्त गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्। गायनमा श्रेष्ठलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन्।
गीतको भिडियोलाई निर्देशक प्रकाश धितालले निर्देशन तथा मिलन विश्वकर्माले सह–निर्देशन गरेका छन् । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।