बजेट: सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड 

नेपाल लाइभ | २०७६ जेठ १५ बुधबार | Wednesday, May 29, 2019 १६:२४:०० मा प्रकाशित

काठमाडौं– देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराइने भएको छ।

नेपालमा महिनाबारी भएको समयमा धेरै छात्रा विद्यालय जादैँनन्। विद्यालयमा महिनावारी हुदाँ हुने विभिन्न समस्या र लाजका कारण बिचमै पढाइ पनि छाड्ने गरेको अवस्था छ। 

सरकारले यो व्यवस्था लागू गर्न सकेमा धेरै छात्रालाई विद्यालय जान प्रोत्साहन मिल्ने देखिन्छ। तर, यसको सुरुवात र निरन्तरता भने चुनौतिपूर्ण छ। पछिल्लो समय केही विद्यालयले पनि विद्यालयमा सेटेनटी प्याड उपलब्ध गराउने अभ्यास सुरु गरेका छन्।