काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले जेष्ठ १ गतेबाट वीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ।
वीरगञ्ज महा–नगरपालिकाका मेयर विजय कुमार सरावगीले बैंकको सो शाखाको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र वीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र वीरगञ्ज शाखाबाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताएका थिए।
त्यसै गरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले आगामी दिनमा समेत शाखा विस्तारलाई तीव्रता दिने र ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक राजनविक्रम थापा, वीरगञ्ज नगरपालिका-८ का वडाध्यक्ष राजकिशोर गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले मन्तव्य राखेका थिए।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल उपत्यका भित्र ८ शाखासहित देशभर ७४ शाखा र ३१ एटिएम संचालनमा छन्।
बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्ने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।