• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ : प्रदेश सभा बैठकमा सतापक्षले गरे सरकारको कडा आलोचना

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३१, २०७६  २१:५३
1140x725

जनकपुर– प्रदेश–२ को प्रदेशसभामा दुई वटा विधेयक पेस गरिएको छ। सभामा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ संशोधन समिति गठनको प्रस्ताव प्रस्तुत गरिएको हो।

मंगलबार बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेस गरेका थिए। त्यस्तै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गरे।

प्रदेश सञ्चार सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी दुवै विधेयक सर्वसम्मतिले स्विकृत भएको छ। प्रदेशसभा कार्य सञ्चालन नियमावलीको नियम १०६ (१) र नियम १०७ (१) बमोजिम प्रदेश सञ्चार सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक पेस गरिएको हो।

प्रदेश लोक सेवा आयोगको काम कर्तव्य र अधिकारबारे कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, नेकपाका मन्जु यादव र सुरेन्द्रबहादुर विश्वकर्माले विधेयकमा उल्लेखित ३ सदस्यीय समितिमा महिलाको सहभागिताको अनिवार्यता र पिछडिएका महिला, विपन्न लगायतका सहभागिताको समानुपातिक व्यवस्था सहितका कुरा संशोधन गर्नुपर्ने सुझाव दिए।

त्यसैगरी प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादवले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ संशोधन गर्न ५ सदस्यीय नियमावली संशोधन मस्यौदा समिति गठन प्रस्ताव प्रस्तुत गरेका छन्।

समिति गठनको प्रस्ताव पनि सर्वसम्मतिले स्विकृत भएको छ। सो समितिको सदस्यहरूमा रामआशिष यादव, रामसरोज यादव, सुरेन्द्रबहादुर विश्वकर्मा, बाबुलाल साह कानून र साबित्रीदेवी रहेका छन्।

प्रस्तुत समिति गठन प्रस्तावमा राजपाबाट परमेश्वर साह, नेकपाबाट सुन्दरबहादुर विश्वकर्मा, कांग्रेसबाट उपेन्द्रप्रसाद कुशवाहा र नेपाल संघीय समाजवादीका सावित्री देवी साहले समर्थन जनाएकी छन्। 

बैठकमा सरकारको कडा आलोचना, गल्ती सच्याउने मुख्यमन्त्रीको प्रतिवद्धता 
बैठकमा सत्तापक्षकै नेताहरूले सरकारको आलोचना गरेका छन्। प्रदेश सरकारले बजेट खर्च गर्न सकेन, अनियमित रुपमा रकमान्तर गरियो र प्रतिपक्षी दललाई खुसी पार्न योजनाको नाममा पैसा बाँड्ने खेल भएको भन्दै सत्तापक्षकै साझेदार खनिएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

बैठकमा सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेश सभा सदस्य मनिष सुमनले विशेष समयमा बोल्दै अवरुद्ध प्रदेश सभा खोलाउन प्रदेश सरकार प्रतिपक्षी दललाई योजनाको नाममा पैसा बाँड्ने काम गरेको भनी खनिए।

उनले संसदीय बजेट छँदाछँदै प्रदेश सरकारबाट स्थानीय तहमा जाने बजेटमा पनि सम्बन्धित प्रदेश सभा सदस्यको अग्राधिकार दिनु र विनियोजित बजेटको योजनामा प्रतिपक्षी दलको चाहनाअनुसार बाँडफाँड गरेर अवरुद्ध संसद खोलाउनु गलत हो भनी प्रतिपक्षी दल र प्रदेश सरकारसँग जवाफ मागेका छन्।

उनले कांग्रेस संघीय संसद जस्तै प्रदेश सभामा पनि योजना र पदीय बाँडफाँडका लागि विभिन्न बहाना बनाएर संसद अवरोध गर्दै आएको र प्रदेश सभामा पनि त्यही हविगत अपनाएको आरोप लगाउँदै कुन आधारमा संसद खोलाइयो भन्ने जवाफ कांग्रेससँग माग गरेका थिए।

प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेतासमेत रहेका सदस्य रामसरोज यादवले प्रदेश सभा सदस्य सुमनको प्रश्नको जवाफ दिँदै भने, 'हामीले कुन आधारमा अवरुद्ध सभा खोलाएका हौं त्यो हामीसँग होइन तपाईं आफ्नै पार्टीका सरकारसँग जवाफ माग्नुस्।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले थपे, 'जनता आवासमा गरिएको एकलौटी, विपी उद्यान जग्गा प्रदेश सरकारद्वारा गरिएको अतिक्रमण र पालिकामा जाने योजना र विनियोजित योजनामा विभेद गरिएको विरुद्ध सच्चाउने आश्वासन सहितको सहमति पश्चात हामीले प्रदेशको समृद्धिका लागि अवरुद्ध संसद खोलाएको हौं।'

त्यस्तै नेकपाका प्रदेश सभा सदस्य मन्जु यादवले पनि प्रदेश सरकार विरुद्ध खनिदै पालिका तहमा जाने सहितका योजना र पदीय बाँडफाँडमा समानुपातिक भनेर आफूहरूलाई प्रदेश सरकारले हेपेको आरोप लगाइन्।

राजपाकै अर्का सदस्य डा. रिना यादवले प्रदेशमा बढदै गएको महिला हिंसा घटनाप्रति प्रदेश सरकार गम्भीर नरहेको आरोप लगाउँदै 'हामी कोसँग जवाफ मांग्ने, कुन निकाय जवाफदेही' भनी प्रदेश सरकारसँग प्रतिप्रश्न गरिन्।

मुख्यमन्त्री राउतले सदस्यहरूबाट गरिएको आलोचनाको जवाफ दिँदै प्रदेश सरकारबाट बजेटको निति तथा कार्यक्रम, जनता आवास कार्यक्रम लगायतका कुरामा गल्ती भएको स्वीकार गरे।

उनले आगामी दिनमा यी गल्ती सच्याएर सबै सदस्यलाई समेटेर जाने प्रतिवद्धता जनाए।

प्रदेशसभाको अर्को बैठक जेष्ठ १ गते दिनको २ बजे बस्ने भएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  २१:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्