पपुवा न्यू गिनीमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

नेपाल लाइभ | २०७६ बैशाख ३१ मंगलबार | Tuesday, May 14, 2019 २०:०६:०० मा प्रकाशित

रोयटर्स- पपुवा न्यु गिनीको पूर्वी समुद्री किनार रबुलदेखि करिब ३३ किलोमिटर पूर्वलाई केन्द्रबिन्दू बनाएर ७ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ।

स्थानीय समय अनुसार मंगलबार राती १० बजेर ५८ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र युएसजिएसले उल्लेख गरेको छ। 

जमिनको सतहदेखि करिब १० किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रबिन्दू रहेको युएसजिएसले उल्लेख गरेको छ। 

भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी समेत दिइएको छ। 

भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन।