काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले खैरो हेरोइनसहित २ युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङको तुवाचुङ नगरपालिका–५ घर भई काठमाडौं मुलपानी बस्ने २६ वर्षीय सुरेश राई र सोही ठाउँ घर भई बालुवाटार बस्ने ३० वर्षीय बबिन राई छन्।
उनीहरुलाई आइतबार दिउँसो चावहिलबाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद भएको छ।
पक्राउ परेका दुबै जनालाई महानगरीय प्रहरी प्रभाग कपनमा राखेर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।