काठमाडौं– कुमारी बैंक लिमिटेड शेयरधनीका लागि २१ प्रतिशत बोनस प्रदान गर्ने निर्णय साधारण सभाबाट पारित गरेको छ। दुई वर्षको साधारणसभा एकैपटक सम्पन्न गरेको बैंकको १७औं तथा १८औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।
बैंकका अध्यक्ष सन्तोषकुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन समेत पारित गरेको छ।
आव २०७३/०७४ र आव २०७४/०७५ को आर्थिक विवरण, वासलात, नाफा÷नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साधारणसभाले शेयरधनीलाई आव २०७३÷०७४ को लागि १२.७५% बोनस शेयर र आव २०७४÷०७५ को लागि ८.५०% बोनस शेयर गरी जम्मा २१.२५% बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बोनसपछि कुमारी बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड पुग्नेछ।
बैंकले ८८ शाखा संजाल, ८३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभर सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।