काठमाडौ- गायक वसन्त अर्याल र गायिका वर्षा अर्यालको स्वरमा ‘म आउँछु दाह्रीमा, तिमी बुट्टे सारीमा' बोलको 'चट्ट पियारी’गीत सार्वजनिक भएको छ।
वसन्त अर्यालकै शब्द तथा संगीत रहेको गीतमा राजन इशानको संगीत संयोजन रहेको छ।
लिग्यश भट्टराईको कोरियोग्राफी रहेको गीतलाई सेलिब्रेटी नेपालले बजारमा ल्याएको हो।
गीतमा दाह्री पालेका युवाको प्रेमलाई समावेश गरिएको छ। बिनु शाक्य र विशाल थापा फिचरिङ रहेको भिडियो राम कुमार केसीले छायांकन गरेका हुन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।