काठमाडौं- विभिन्न विज्ञापन र फिल्ममा देखिएका कलाकार प्रणव भुसाललाई दर्शकहरुले अब 'घनचक्कर'मा देख्न पाउने भएका छन्।
हरि भट्टले निर्माण गर्न लागेको घनचक्कर भुसाल अनुबन्ध भएका हुन्। मोडलिङबाट फिल्मी दुनियाँमा प्रवेश गरेका भुसालसँग यसअघि 'लुकामारी', 'मन्दिरा' लगायतका फिल्ममा काम गरिसकेको अनुभव छ।
भट्ट एन्ड सन्स प्रोडक्सनको ब्यानरमा बन्ने घनचक्करलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्ने भएका छन्।
आगामी पुसदेखि फ्लोरमा जाने फिल्ममा ममता प्रधान अनुबन्धित भइसकेकी छन् भने फिल्मको औपचारिक घोषणा केही दिनपछि गरिने निर्माता भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।