पप साम्राज्ञी म्याडोनालाई एउटा कुरिअर कम्पनीले चिन्न नसकेपछि

नेपाल लाइभ | २०७४ भदौ २२ बिहीबार | Thursday, September 07, 2017 ०९:३३:०० मा प्रकाशित

न्युयोर्क– पपकी समाज्ञी म्याडोनालाई नचिन्ने विश्वमा सायदै कोही व्यक्ति होलान्। तर, हालै मात्र आफ्नै देशमा म्याडोनासँग यस्तो घटना भएको थियो, उनलाई एउटा कम्पनीले पहिचान गर्न अस्विकार गरेको थियो। 

यो घटना हो, दुई दिन अगाडिको। जब एउटा कुरिअर कम्पनीले उनलाई चिन्न नसक्दा उनको पार्सल दिन अस्विकार गरेको थियो। यसपछि म्याडोनाले सोशल मिडियामा यो घटना सार्वजनिक गरेकी थिइन्। उनले पोस्ट गरेको म्यासेज १२ हजारले रिट्विट, १४ सय जतिले फेसबुकमा सेयर र १३ सयले इन्टाग्राममा लाइक गरेपछि फेडेक्सले तुरुन्त ‘रिस्पोन्स’ गरेको थियो। उनको म्यासेज २१ घण्टामै यति धेरै भाइरल बनेको थियो। 

उनले सोशल मिडियामा लेखेकी थिइन, ‘पुरै साता फेडेक्ससँग आफू वास्तविक म्यारोडोना हूँ भनेर समय खेर फ्याक्नु पर्यो र उसले अझैसम्म मेरो प्याकेज दिएको छैन।’ 
उनको म्यासेज भाइरल भएपछि फेडेक्सले ट्विटरमार्फत उनलाई सम्बोधन गर्यो र सम्पर्क नम्बर माग्यो।