एनआरएनए स्विडेनमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल लाइभ | २०७४ भदौ १३ मंगलबार | Tuesday, August 29, 2017 १९:२९:०० मा प्रकाशित

स्टकहोम— गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विडेनमा नयाँ कार्यसमिति चयन भएको छ। स्टकहोममा सम्पन्न अधिवेशनले अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा टेकबहादुर रोका, महासचिवमा दिनेशकुमार श्रेष्ठ, सचिवमा राजकुमार पाठक, कोषाध्यक्षमा घनाश्यम पुन, युवा संयोजक प्रमोद आचार्य र महिला संयोजकमा उषा गौतम निर्वाचित भएका छन्। 

यसैगरी, सदस्यहरुमा अम्बिका सिग्देल, लोकेन्द्रबहादुर खड्का,कृष्ण क्षेत्री, बिमलकुमार कार्की, भिमबहादुर भण्डारी र प्रदीप सापकोटा चयन भएका छन्। आईसीसी सदस्यमा प्रबेश कुवँरलाई प्रस्ताव गरिएको छ।