काठमाडौं- सिन्धुलीको कमलामाईमा लक्ष्मी बैंकले नयाँ शाखा विस्तार गरेको छ। शाखा विस्तारसँगै सेवाग्राहीहरुले आफ्नो रोजाइ अनुसारका सेवा लिन पाउनेछन्। जसमा इन्टरनेट बैंकिङ, मोबाइलमै बैंकिङ सेवा लगायतका सुविधा समेत पाउनेछन्।
लक्ष्मी बैंकले आर्थिक वर्षा २०७३/७४ मा ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा परिचालन गरेको थियो। सोही आवमा बैंकले करिब सय करोड खुद मुनाफा आर्जन गरेको थियो।
सिन्धुलीमा बैंकको यो पहिलो शाखा हो। अब बैंकको शाखा सञ्जाल ६९, एटिएम ९०, हस्पिटल सेवा काउन्टर ३, मोबाइल एजेन्ट ४ सयभन्दा बढी र २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।