• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पहिलो एकल साँझमा अञ्जु थिइन् चार दिनकी सुत्केरी

64x64
नेपाल लाइभ मंगलबार, भदौ २०, २०७४  १५:५६
1140x725

अञ्जु पन्त आगामी भदौ २४ गते ‘एकल साँझ’ मा प्रस्तुत हुँदैछिन् पहिलोपल्ट । तर, त्यो दिन अर्को कुनै एकल साँझको झल्को मिसिनेछ उनको स्मृतिमा । सफलता र खुसीको यो मञ्चले उनलाई आफ्नै जिन्दगीको संघर्षपूर्ण अर्को मञ्च सम्झाउनेछ।

अञ्जुलाई समयले एक चक्कर काटेर यो ठाउँमा ल्याइपुर्‍याएको छ । कुनै दिन अरुको एकल साँझका लागि चार दिनकी छोरी रुवाएर मञ्चमा उक्लेकी थिइन् । तिनै छोरी परितोषिका भदौ २४ गते दर्शकदीर्घाको अघिल्लो पंक्तिबाट हर्षले ताली बजाइरहेकी देखिनेछिन्।

२०५९ सालमा भएको फत्तेमान साँझमा उनी चार दिनको सुत्केरी अवस्थामा स्टेज चढेकी थिइन् । भन्छिन्, ‘अभाव पूरा गर्न र अवसर छोप्न त्यो बेला पीडा सहेरै गाएकी थिएँ । सुत्केरीमा स्याहार नपुगेका कारण मेरो जिउ अहिले पनि झरीबर्खामा दुख्छ।’

उनको जीवनको कष्टदायी त्यो साँझ गायनको सुन्दर मोड पनि थियो। त्यो दिन गीत सुनेर संगीतकार रञ्जित गजमेरले घरमै पुगेर उनलाई संगीत सिकाए, फिल्मका गीतमा स्वर भर्ने अवसर दिलाए।

दस वर्षदेखि सर्वाधिक सुनिएकी गायिका अञ्जुले यो अवस्थामा आइपुग्न धेरै असहजताका काँडासँग पौँठेजोरी खेलेकी छिन्।

कहिलेदेखि गीत गाउन थालेँ भन्ने उनलाई याद छैन। सानै उमेरमा रेडियोमा सुनेका गीत कापीमा सार्ने र स्वर दुरुस्तै उतार्ने गर्थिन्।

उनी सम्झन्छिन्, ‘रेडियो लिएर कौसीमा जान्थेँ, रेडियो नेपालबाट आउने सबै गीत तत्काल सार्न खोज्थेँ, तर सक्दिनथेँ । एउटै गीत सार्न तीन दिन पनि लाग्थ्यो । तर, म त्यो गीत फेरि कहिले बज्ला भनेर कुरेर बस्थेँ।’

कौसीमा गएर गीत सार्ने, छिँडीमा आएर ‘प्राक्टिस’ गर्ने उनको दैनिकी नै थियो । उनकी फुपू जानकी केसीलाई संगीतप्रतिको उनको लगावले छोएछ। उनले अञ्जुलाई संगीत प्रशिक्षक कृष्णमान डंगोलकहाँ पुर्‍याइदिइन्। कृष्णमानले अञ्जुको स्वर सुनेपछि भविष्यवाणी गरिदिए, ‘यो नानी नेपाली गायन क्षेत्रमा तारा बन्छे।’

Ncell 2
Ncell 2
nimb
nimb

नभन्दै आज अञ्जुको सफलता, चर्चा र स्वरले आकाश चुमेको छ । उनको स्वर धेरैका अन्तरहृदयमा सजिएर बसेको छ नै, ‘देखिने मापदण्ड’ मा पनि उनी पहिलो पंक्तिमै छिन् । देखिने मापदण्ड भन्नाले केही समयअघिको सिआरबिटी, पिआरबिटीमा उनले गाएका गीत सर्वाधिक डाउनलोड हुनेमा पर्थे । त्यो समय ‘न बिर्सें तिमीलाई’ अधिकांशका मोबाइलको रिंगब्याक टोन थियो।

जमाना युट्युबको आएको छ । त्यसमा पनि पहिलोपल्ट करोडपल्ट हेरिएको गीत ठहरियो, उनको स्वरमा सजिएको ‘सुर्केथैली खै’ । फिल्मको पार्श्व गायनमा होस् वा कलेक्सन एल्बममा, सबभन्दा बढी सुनिने नारी स्वर अहिले पनि अञ्जुकै हो।

नेपालमा आयोजना हुने प्रायः अवार्ड र सम्मान पाइसकेकी उनले हालसालै इन्टरनेसनल आर्टिस्ट सोसाइटी (इनास अमेरिका) को सम्मान थापिन् । भर्जिनिया राज्यका हाउस अफ डेलिगेट्स जोन जो बेलले गायिका पन्तलाई सम्मान गरेका थिए ।

अञ्जुले सबै प्रकारका गीत गाएकी छिन् । तर, आरोप लाग्ने गर्छ– ‘अञ्जु पन्त दुःखका गीत बढी गाउँछिन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘म दुःखका भन्दा पनि दुःखीका गीत गाउँछु । एक हिसाबले म दुःखीहरूप्रति समर्पित छु’, अञ्जुको उत्तर छ।

यसपल्ट पनि मञ्चमा आफ्ना लागि होइन, उनी अरुकै लागि उक्लिन लागेकी हुन् । रेकर्डिस्ट एसोसिएसन र अञ्जु पन्त फाउन्डेसनको सहयोगार्थ गाउनेछिन् । एकल साँझबाट उठेको रकम अनाथ र असहायको पढाइमा खर्च गर्ने उनको धोको छ।

उनी भन्छिन्, ‘यसअघि १५ लाख रुपैयाँसम्म दिएर एकल साँझ गरौं भनेर अफर आएको थियो, तर गरिएन । यसपल्ट सहयोगका लागि भएकाले गर्न लागेकी हुँ।’

अञ्जु धेरै श्रोताले रुचाएकी गायिका त हुँदै हुन्, संगीतकार र गीतकारले पनि उनको स्वर त्यत्तिकै रुचाउँछन् । त्यसैले त संगीतकार पनि एउटा गीत भए पनि उनीसँग ‘डोयट’ गाउँछन् । उनले अघिल्लो पुस्ताका लोकप्रिय गायक/संगीतकार फत्तेमानदेखि अहिलेका चर्चित महेश खड्का, राजनराज शिवाकोटी र अर्जुन पोखरेल लगायतसँग पनि गाएकी छिन्।

अञ्जुका ‘सुर्केथैली खै’, ‘सागरसरि चोखो माया’, ‘तिर्खा लाग्यो पानी खाएँ’ जस्ता रोमान्टिक गीत चर्चित छन् । तर, उनको ‘न बिर्सें तिमीलाई’, ‘जिन्दगी यो फूलैफूलको थुङ्गो हुँदैन’ धेरै सुनिइन्छ ।

यसपल्ट एकल साँझमा उनले झन्डै डेढ दर्जन गीत गाउनेछिन् । अग्रज सर्जकहरु फत्तेमान, रञ्जित गजमेरदेखि अहिले चल्तीका एकनारायण भण्डारी, राजनराज शिवाकोटी, अर्जुन पोखरेलसम्मका गीत गाउनेछिन् ।

धेरै गीत चर्चित हुनुको एउटा धर्मसंकट भने आइलागेको छ यतिबेला । उनी भन्छिन्, ‘गीत छान्ने काम रेकर्डिस्ट सोसाइटीले गरेको छ । तर, सबैलाई समेट्ने कोसिस गर्दागर्दै पनि कति छुटेका छन् । मेरो गीत गाइदिएन भनेर चित्त दुखाउनुहुन्छ कि भन्ने डर लागिरहेको छ।’

अचेल युट्युबमा उनले हिन्दी गीत ‘तुझसे नाराज नही’ को कभरको सर्वत्र तारिफ भइरहेको छ । यसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा पनि पहिचान दिलाउने सम्भावनाको ढोका खोलेको छ।

यो कभर गाएपछि केही दिनअघि मात्रै बंगलादेशबाट एउटा टोली उनलाई खोज्दै नेपाल आइपुगेको थियो । उनको स्वरमा गीत रेकर्ड गराएर फर्कियो।

‘तपाईंको स्वर आशा ताइ (आशा भोस्ले) को जस्तै मीठो सुनिएको छ,’ उनीहरुको प्रतिक्रिया सुनाइन्।

अञ्जुको एकल साँझ उनका धेरै प्रशंसकको लागि प्रतीक्षाको उत्सव हो । त्यसैले उक्त साँझ जम्नेमा कुनै शंका छैन । अञ्जुको मखमली स्वरले सजिने भदौ २४ को साँझमा उनले गर्न चाहेको सहयोगको हिस्सेदार बन्न पनि धेरै जना सहभागी हुनेछन्।

प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्