पोखरा- कास्कीमा १० हजार ६ सय ३८ उद्योग सञ्चालनमा छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी महराज ढकालका अनुसार उत्पादनमा तीन हजार ५ सय १५, कृषि तथा वन पैदावरमा आधारितमा एक हजार सात, पर्यटनमा तीन हजार १ सय ९० र सेवामूलकमा दुई हजार ९ सय २६ उद्योग सञ्चालन भइरहेका छन्।
उद्योगले उपलब्ध गराएको दर्ता विवरणका आधारमा यी उद्योगबाट १३ हजार ५६ जनाले रोजगारी पाएका छन्।
आव २०७३÷७४ मा मात्रै ९ सय ८० वटा नयाँ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकमा १ सय ७४, पर्यटन ४ सय १, सेवामूलक २ सय ३७ र कृषि तथा वन पैदावरमा आधारित १ सय ६८ उद्योग दर्ता भएको सूचना अधिकारी ढकालले बताए। यी सबै उद्योगमा करिब रु चार अर्ब ७१ करोड दुई हजार २०५ पुँजी लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।