काठमाडौं- आगामी कार्तिक ९ गते छठमा रिलिज हुने 'ऐश्वर्य'ले आफ्नो पोस्टर सार्वजनिक गरेको छ। फिल्मका दुई पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा डेब्यू नायिका दिपिका प्रसाईका साथमा दुई मुख्य कलाकार रमेश उप्रेती र प्रशान्त ताम्राकारलाई फिचर गरिएको छ।
फिल्ममा अभिनेता उप्रेती व्यवसायीको भूमिकामा देखिनेछन् भने दीपिका एक सुपर मोडलको रूपमा देखिनेछिन्। फिल्मका निर्देशक दीवाकर भट्टराई हुन्।
रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रसाईं र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन्। फिल्मलाई उप्रेतीकी पत्नी किरण उप्रेतीले निर्माण गरेकी हुन्। निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता अर्जुन श्रेष्ठ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।