• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बाढीको बीमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १६:४७
1140x725

चितवन- बाढीबाट हुने क्षतिको बीमा नहुँदा पर्यटकीय नगरी सौराहाका होटल व्यवसायी मारमा परेका छन्। 

बैंकबाट ऋण लिने क्रममा भूकम्प र आगलागीको बैंकले नै अनिवार्य बीमा गर्न लगाउने भए पनि बाढीबाट हुने क्षतिको बीमा नगर्दा व्यवसायी मारमा परेका हुन्। 

साउन अन्तिम साता राप्ती र बूढी राप्तीमा बाढी आएपछि सौराहाका सबै होटल डुबानमा परेका थिए । राप्ती किनारका पाँचवटा रेस्टुरेन्ट बगाएर पूरै क्षति भएको छ भने अन्य होटलमा आंशिक क्षति पुगेको छ। 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार बाढीका कारण रु १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तर ९० प्रतिशत होटलले बाढीबाट हुने क्षतिको बीमा नगरेको उनले बताए। क्षति भएका अधिकांश होटलको बैंकमा ऋण रहेको छ । घिमिरेकाअनुसार सौराहाका होटलको मात्रै रु १२ अर्बभन्दा बढी ऋण रहेको छ। 

यसअघि पनि पटकपटक बाढीले करोडौँको क्षति पु¥याएको सौराहामा बैंकले ऋण दिँदा बाढीको समेट्ने गरी बीमा गर्न नलगाएको पाइएको छ । अनिवार्य भन्दै भूकम्प र आगजनीको बीमा गराए पनि बाढीको बीमा गर्न बैंकले पनि नभन्ने र व्यवसायीले पनि ध्यान नदिँदा पूरै जोखिम व्यवसायीले व्यहोर्न बाध्य भएका छन्। 

राप्ती किनारमा पब रेस्टुरेन्ट चलाउँदै आउनुभएका सौराहाबीच रेस्टुरेन्टका सञ्चालक बलराम दाहालको पूरै रेस्टुरेन्ट बगाएको छ । उनका अनुसार बाढीले करिब रु ७० लाख बराबरको क्षति पु¥याएको छ । बैंकबाट ऋण लिँदा खाद्य र पेय पदार्थको मात्रै रु १७ लाख ५० हजारको बीमा गराएको बताउँदै उनले भने, ‘बैंकले पनि बाढीको बीमा गर भनेनन्, आफूले पनि गरिएन, अहिले सबै क्षति आफैँले व्यहोर्नु पर्ने भयो।’

सँगैको अर्को पव रेस्टुरेन्ट सनसेट भ्यू रेस्टुरेन्टका सञ्चालक दीपक खतिवडाको रेस्टुरेन्ट पनि पूरै बगाएको छ । खतिवडाले भने, ‘बैंकमा ऋण छ, उनीहरु आफैँले भूकम्प र आगजनीको मात्रै बीमा गरिदिएछन्।’ झण्डै ८० लाख बराबरको क्षति भए पनि पूरै आफैँले व्यहोर्नु परेको गुनासो उनले गरे। 

राप्ती बीच रेस्टुरेन्टका सञ्चालक कृष्ण खतिवडाको पनि गुनासो उस्तै छ । उनले भने, ‘बैंकको भर पर्दा बीमा हुन सकेन, अहिले पछुताउनुमात्रै भएको छ।’ यसले गतिलो पाठ सिकाएको भन्दै उनले आउँदा दिनमा बाढीबाट हुने क्षतिको पनि बीमा गराउने बताए। नदी किनारका होटल रेस्टुरेन्टले ऋण पाउनै गाह्रो पर्ने गरेको भन्दै उनले ऋण पाइसकेपछि पनि बीमामा ध्यान नदिँदा ठूलो क्षति व्यहोर्नु परेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

बाढीले होटल राइनो रेसिडेन्सीको पनि निकै क्षति पु¥याएको छ । सञ्चालक टीका बरालका अनुसार झण्डै रु ४० लाख बराबरको क्षति भएको छ । १२ वर्षअघिदेखि बाढी नआएको र नदीमा तटबन्धन बनेकाले बीमा नगर्दा सबै जोखिम व्यहोर्नु परेको उनले बताए। ‘आफ्नै कमजोरीका कारण क्षति पूरै व्यहोर्नु परेको छ’ उनले भने। 

चितवन रिभरसाइड होटलका सञ्चालक गंगा गिरीको अवस्था पनि उस्तै छ । सौराहा क्षेत्रमा सबैभन्दा बढी क्षति सो होटलमा देखिएको छ । गिरीका अनुसार रु दुई करोड ५० लाख बराबरको क्षति भएको छ। 

क्षेत्रीय होटल सङ्घ सौराहाका सचिव दामोदर रेग्मी सौराहा जस्तो क्षेत्रमा बाढीको बीमा नगरी भूकम्प र आगलागीको मात्रै बीमा गरेकाले व्यवसायी मर्कामा परेको बताउँछन्। अधिकांशको बीमा ऋण प्रवाह गर्ने बैंक आफैँले गर्ने गर्छन् । उनीहरुले अनिवार्य भएकाले भूकम्प र आगलागीको बीमा गर्ने भए पनि बाढीको बीमा गर्न व्यवसायीलाई उत्प्रेरित नगरेको रेग्मीले बताए। 

सौराहाका होटलमा कुमारी, प्रभु, कृषि विकास, हिमालयन, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, सिटिजन्सलगायतका बैंकले लगानी गरेका छन्। 

Xtrem

Xtrem

कुमारी बैंक सौराहा शाखाका प्रबन्धक राजकुमार न्यौपाने भूकम्प र आगजनी अनिवार्य भएकाले तिनीहरुको बीमा गरिने भए पनि अन्य बीमा गर्न व्यवसायी राजी नहुने बताउँछन्।  सौराहामा १५ वर्षअघि ठूलो बाढी पसे पनि त्यसयता सुरक्षित रहेको भन्दै उनले लगानी गर्ने बैंकहरुले पनि बाढीको बीमामा दबाब नदिएको बताए। 

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जोखिम भएको क्षेत्रमा जोखिमको बीमा गर्न सकेमा व्यवसायी र बैंक सुरक्षित हुने बताए। रासस 

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १६:४७
  • #Prime Minister

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्