एनआरएन तान्जानियामा थापा निर्वाचित

नेपाल लाइभ | २०७४ भदौ २० मंगलबार | Tuesday, September 05, 2017 ०८:४७:०० मा प्रकाशित

काठमाडौं- गैरआवासीय नेपाली संघ तान्जानियाको अध्यक्षमा रोशन थापा निर्वाचित भएका छन्।

हालै सम्पन्न निर्वाचनबाट उपाध्यक्ष प्रेम गुरुङ र विनोद पटेल, महासचिवमा पुष्पराज भट्टराई, सचिवमा बसन्त उप्रेती, कोषाध्यक्षमा गोपाल राजन चुनिएका छन्। महिला संयोजकमा अञ्जु तामाङ, युवा संयोजकमा दीपक लामिछाने निर्वाचित भए भने सदस्यहरुमा दिपेन्द्र साउद, राम चौधरी, रोशनराज घिमिरे, कृष्ण सुनार, दिनेश प्रजापती र कल्पना थापा चयन भएका छन्।

संघको अन्तर्राष्ट्रिय समवन्य परिषद् सदस्यमा सञ्जीत थापा निर्वाचित भए।

अफ्रिकी मुलुक तान्जानियामा विभिन्न कामका लागि नेपालीहरु जाने क्रम बढिरहेको छ। तान्जानिया पुगेर अप्ठेरोमा परेका नेपालीका समस्या समाधानमा संघले निरन्तर पहल गरिरहने निर्वाचित अध्यक्ष थापाले बताए। उनले यसअघि पनि अध्यक्षका रुपमा काम गरिसकेका छन्।