घरको छतबाट खसेर ३ वर्षीय बालकको मृत्यु

नेपाल लाइभ | २०७५ पौष २७ शुक्रबार | Friday, January 11, 2019 १३:०९:०० मा प्रकाशित

काठमाडौं– भक्तपुरमा छतबाट खसेर ३ वर्षीय बालकको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्जिव राउतको ३ वर्षीय छोरा सभ्य राउतको घरको छतबाट खसेर मृत्यु भएको हो।

हजुरआमासँग छिमेकी केशव राजथलाको घर गएका सभ्य साढे २ तला घरको छतबाट खसेपछि गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।