डा केसीले कता मिटिङ बसेर कसको अनुरोधमा कुरा उठाउनुभयो थाहा भएन : सरकार

नेपाल लाइभ

Nepal Live

काठमाडौं– सरकारले डा गोविन्द केसीले अरुको उक्साहटमा अनसन बसिरहेको संकेत गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले डा केसीका सबै माग पूरा भइसकेको बताए। 'चिकित्सा शिक्षालाई सुधार गर्न जे कुरा उहाँले उठाउनुभयो, त्यसमा संसदको समितिले निर्णय लिइसकेका छन्। र उहाँका मागहरुलाई सम्बोधन गरिएका छन्। यो त उत्सव मनाउनुपर्ने बेला हो, उहाँले। यसमा के सम्बोधन भएन र', उनले प्रश्न गरे।

'चिकित्सा शिक्षासँग जोडिएका मागहरु सम्बोधन भइसकेको छ', उनले भने, 'अब अरु विषयमा केसीजीले केके गर्नुहुन्छ। कताकता मिटिङ बैठक केके, ककसका कुरा, योचाहिँ हामीलाई पनि त्यतिधेरै थाहा भएन। केके गरेर ककसको अनुरोधमा उहाँले कुरा उठाउनुभएको छ थाहा भएन।'

बाँस्कोटाले अन्य नेताहरु प्रधानमन्त्री भएका बेलामा पनि डा केसीले अनसन बस्ने गरेको नजिर भएको बताए।  'त्यसैले उहाँले उठाएका प्रमुख मागहरु स्वीकृत भइसकेका छन्', उनले भने।

डा केसीले कहिले जुम्ला, कहिले इलाम चाहियो पनि भन्ने र दिन पनि नहुने अवस्था रहेको बाँस्कोटाले बताए। 'अहिले सम्बन्धित विषयसँग जोडिएर मात्रै होइन', उनले भने।

उनले डा केसीका मागहरु विशुद्ध प्रोफेसनल हो कि त्यसमा अरु केही यसो खिचडीसिचडी पाकेको छ भन्दै प्रश्न उठाए।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने