वार्षिक १ लाख ८० हजार टन मासु निर्यात गर्नसक्ने अवस्थामा मंगोलिया

नेपाल लाइभ | २०७५ पौष २६ बिहीबार | Thursday, January 10, 2019 ०६:५३:०० मा प्रकाशित

उलान बाटोर– मासु निर्यातमा अब्बल मानिएको मङ्गोलियाले पछिल्लो एक वर्षमा एक लाख ८० हजार टन मासु निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ।

खाद्य, कृषि र उद्योग मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार देशबाट मासु निर्यात गर्न सकिने पूरा क्षमता एक लाख ८० हजार टन हो।

‘पछिल्ला वर्षहरूमा मङ्गोलियाबाट निर्यात गरिने मासुको परिमाणमा वृद्धि भएको छ’, मन्त्रालयका एक उच्च अधिकारीले भने।

उनले सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ हजार ९ सय टन मासु तथा मासुजन्य पदार्थ निर्यात गरेको पनि जानकारी दिए।

मासु मङ्गोलियाको मुख्य उत्पादन मानिन्छ। यहाँको मासुको मूल्य पनि सामान्य रहेको छ। रासस/सिन्ह्वा