मोबाइलको नेटवर्क खोज्दै हिँड्ने क्रममा लडेर मृत्यु

नेपाल लाइभ | २०७५ पौष २६ बिहीबार | Thursday, January 10, 2019 ०८:१८:०० मा प्रकाशित

काठमाडौं– मोबाइलमा नेटवर्क खोज्दै हिँड्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।

_x000D_ _x000D_

म्याङलुङ्ग नगरपालिका–९ साब्लाका १८ वर्षीय महेन्द्र तामाङ बिहीबार बेलुका मोबाइलको नेटवर्क खोज्दै हिँड्ने क्रममा डाँडाबाट १५ फिट तल खसेर गम्भीर घाइते भएका थिए। 

_x000D_ _x000D_

उपचारको लागि घोपा क्याम्प धरान लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।