• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पूर्वराजदूत झाको हत्यारा पत्ता लगाउन सकेन प्रहरीले, यस्तो थियो घटना

64x64
नेपाल लाइभ सोमबार, मंसिर १०, २०७५  ०८:४२
1140x725

काठमाडौं– अपराध अनुसन्धान गर्न एकपछि अर्को घटनामा प्रहरी चुक्दै गइरहेको छ। कञ्चनपुरमा भएको निर्मला बलात्कार तथा हत्या प्रकरणबारे सरकार नै लज्जित हुने स्थिति त छँदैछ। यता, राजधानी काठमाडौंमै फ्रान्सका लागि पूर्वराजदूत केशवराज झाको हत्या भएको तीन महिना नाघिसकेको छ। तर, प्रहरीले हत्याको रहस्य छिचोल्न त परै जाओस्, अपराधीको संकेतसम्म पहिल्याउन सकेको छैन।

_x000D_ _x000D_

गत भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो। झा हत्यालाई अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले रहस्यमय मध्येको एक भएको बताउँदै आएका छन्। 'जेरीझैं जेलिएको' भनिएको हत्याको अन्तर्य छुट्याउनै प्रहरीलाई हम्मे-हम्मे परेको छ। तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भने अपराधी ढिलो-चाँडो पत्ता लगाएरै छाड्ने बताउँछन्।

_x000D_ _x000D_

‘तीन महिनाभन्दा बढी समय भयो, घटनामा संलग्नबारे किन केही तथ्य पत्ता लागेन?’ हामीले घटना अनुसन्धानको जिम्मेवारी पाएका महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरलाई सोध्यौं।

_x000D_ _x000D_

महाशाखा प्रमुख धिरजप्रतास सिंहका विश्वास पात्र एसपी राठौरले घटनाको अनुसन्धान भइरहेको बताए। उनले अहिलेसम्म प्रहरीले प्राप्त गरेका कुराहरुलाई विश्लेषण गरिरहेको दाबी गरे। भने, ‘अनुसन्धानमा चाहिने केही निश्चित कुराहरु हामीले सुरक्षित राखेका छौं। त्यसैमा टेकेर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। त्यसैले हामीलाई विश्वास छ, एकदिन हत्यारा पत्ता लाग्छ।’

_x000D_ _x000D_

तर, प्रहरीले अहिलेसम्म घटनाको अनुसन्धानबाट अहिलेसम्म के-कस्ता उपलब्धिहरु प्राप्त गर्यो भन्ने खुलाएको छैन।

_x000D_ _x000D_

कसैसँग पनि नराम्रो व्यवहार नगर्ने, समधुर सम्बन्ध राख्ने, बयोवृद्ध पूर्वराजदूतको हत्या नै किन भयो भन्नेसम्म पत्ता लगाउन प्रहरीलाई गाह्रो परिरहेको छ। ‘हत्याको कारण पत्ता लाग्ने बित्तिकै त्यससँग सम्बन्धित अभियुक्त खोज्न सहज हुन्थ्यो’, महाशाखाका एसएसपी सिंह भन्छन्, ‘तर हत्या किन भन्ने प्रश्नको उत्तर नै पाउन सकिएको छैन।’

_x000D_ _x000D_

_x000D_ _x000D_

हत्याको प्रकृति हेर्दा पेसेवरबाटै भएकाले अनुसन्धानमा समस्या भएको प्रहरीको भनाई छ। प्रहरीले संकास्पद व्यक्तिलाई सोधपुछ र बयान लिने कामबाहेक नयाँ तथ्य फेला पार्न सकेको छैन। प्रहरीले झा हत्याको अनुसन्धानको सिलसिलामा अहिलेसम्म ४ सय जनाभन्दा बढीसँग सोधपुछ गरिसकेको जनाएको छ। तर, परिणाम भने शून्य छ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

निगरानीमा परिवारका सदस्यदेखि सुरक्षा गार्डसम्म
_x000D_ हत्यामा परिवारका सदस्यको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। अहिले पनि प्रहरीले परिवारका सदस्यलाई बेला–बेलामा सोधपुछ गरिरहेको बताउँदै आएको छ।

_x000D_ _x000D_

घटनाको दुई दिनअघि विदेश गएका झाका छोरा–बुहारी हत्यापछि नेपाल फर्किएका थिए। बाबुको अन्त्येष्टि र अन्तिम कर्ममा सहभागी भएर बुहारी त्यसबेलै विदेश फर्किएकी थिइन्। झाका छोरा किरणराज झा भने दसैंअघिसम्म नेपालमै थिए। उनीसँगै प्रहरीले पटक-पटक सोधपुछ पनि गरेको थियो।

_x000D_ _x000D_

आयरल्यान्डमा डाक्टरी पेसा गर्ने छोरा झा दसैंअघि आयरल्यान्ड फर्किसकेका छन्।

_x000D_ _x000D_

बुवाको हत्या भएपछि जाहेरी दिएकी छोरी राजश्री झा अहिले इस्ट टिमोरबाट काठमाडौं आएकी छिन्। छोरीसँग पनि अपराध महाशाखाको टोलीले सोधपुछ गरिरहेको जनाएको छ।

_x000D_ _x000D_

झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ। परिवारका सदस्यहरु पनि कहिले नेपाल, कहिले देश बाहिर भएकाले अनुसन्धानमा समेत केही गाह्रो भएको प्रहरीले जनाएको छ।

_x000D_ _x000D_

हत्याको रात झ्याल बन्द हुनु र कोठाको ढोका खुल्ला हुनु, झ्यालको जाली पटक-पटक काटिनु, सिसा फुट्नु, गेटमा बसेको पालेले कोही आए-गएको थाहा नपाउनुले आशंकालाई परिवार र आफन्तको सेरोफेरोमा खुम्च्याउँदै लगेको अनुभव प्रहरीको छ।

_x000D_ _x000D_

‘झाको परिवारका सदस्य र आफन्तहरु अझै पनि हाम्रो लेन्सभित्र छन्’, अनुसन्धानमा खटिएका अर्का एक प्रहरीले नेपाल लाइभलाई बताए, ‘हामीले त सबैलाई शंकाको घेरामा राखेर काम गर्ने हो।’

_x000D_ _x000D_

त्यसैगरी झाको हत्या आरोपमा महाशाखाको टोलीले झाकै घरमा पाले बसेका सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङमाथि अझै निगरानी बढाइरहेको छ। झा हत्या आरोपमा पक्राउ परेका उनीहरु भदौ २९ गते ८/८ हजार रुपैयाँ धरौटीमा छुटिसकेका व्यक्ति हुन्। पोलिग्राफ परीक्षणमा पनि केही नदेखिएकाले उनीहरु धरौटीमा रिहा भएका थिए।

_x000D_ _x000D_

तर, शंका गर्ने ठाउँ अझै रहेको भन्दै प्रहरीले उनीहरुमाथि पनि निगरानी बढाएको छ। महाशाखाका स्रोतले भन्यो, ‘उनीहरु छुटेका मात्रै हुन्। हाम्रै निगरानीमा छन्। केही क्लू फेला परे फेरि पक्राउ पर्न सक्छन्। हामीले अनुसन्धान गरिरहेका छौं।’

_x000D_ _x000D_

लामो योजनापछि पेसेवरबाट हत्या  
_x000D_ प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कु, पन्जा, सुरक्षागार्डको मोबाइल, झाको रगतले लतपतिएको कपडालगायत अन्य प्रमाण फेला पारेको थियो। 

_x000D_ _x000D_

आफ्नै भान्छाको चक्कुले हत्या गरिएको भनिए पनि चक्कुको ल्याब टेस्ट गर्दासमेत कसैको फिंगर प्रिन्टसँग मिलेन। जसकारण हत्या पेसेवरबाट भएको प्रहरीको ठम्याई छ। 

_x000D_ _x000D_

झाको घर नजिकै केराको झाँङबाट उठाइएको पन्जामा समेत कुनै क्लु फेला पर्न नसक्नुले प्रहरीले अनुसन्धान रहस्यमय भएको बताएको छ। ‘चक्कु र पन्जामा समेत फिंङ्गर प्रिन्ट फेला नपर्नु निकै रहस्यम हो’, अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्, ‘पूरा योजना बनाएर कुनै क्लु नछाडि हत्या गरिएको देखिन्छ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रहरीले पत्ता लगाउन नसकेका धेरै अपराधमा प्रहरीकै तालिमप्राप्त कुकुरले पत्ता लगाउँदै आएका छन्। तर, झाको केसमा कुकुरले समेत कुनै संकेत दिन सकेन। सुरक्षित राखिएको घटनास्थलमा कुकुरले संकेत गरेअनुुसार पालेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरु निर्दोष देखिएका थिए।

_x000D_ _x000D_

घटनाका बेला सबैतिरका गेट बन्द भएको घरमा हत्याराहरु कसरी प्रवेश गरे? झ्यालको जाली काट्दा कोठामा रहेकी श्रीमतीले किन थाहा पाइनन्? कसैसँग पनि रिसइबी नभएको भद्र परिवारका सदस्यलाई किन आक्रमण भयो? घरमा रहेको कुकुर त्यो रात किन भुकेन? जस्ता प्रश्नहरु अझै अनुत्तरित छन्। यसको जवाफ अनुसन्धानमा खटिएको प्रहरीले समेत पाउन सकेको छैन।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त
कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
सम्बन्धित सामग्री
क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक स... बुधबार, भदौ ३, २०८३
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् शशांक ? साँढे पाँच महिनाको विदेश बसाइपछि तत्कालीन सभापति शेर बहादुर देउवा स्वदेश फर्किदाको उत्साह सुकेधारामा आयोजना गरिएको ‘राष्ट्रिय सम्मेल... सोमबार, भदौ १, २०८३
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त बुधबार, भदौ ३, २०८३
कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री कार्यालयसहित सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न सरकारको निर्देशन बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्