• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो

64x64
नेपाल लाइभ बुधबार, असोज २१, २०८३  ०९:१८
1140x725

काठमाडौं। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्षक जोर्जे जेसुससँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका रोनाल्डोले आफू अझंैपनि देशका लागि खेल्न र उपाधि जित्न प्रतिबद्ध रहेको बताएका हुन्।

साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो धारणा सार्वजनिक गर्दै आफू शारीरिक रूपमा फिट रहेर क्लबका लागि खेलिरहेको अवस्थामा राष्ट्रिय टोलीमा उपलब्ध हुने बताएका छन्। ‘मैले निलम्बनसम्बन्धी सम्भावित सजाय भोगिसकेपछि राष्ट्रिय टोलीका लागि उपलब्ध हुनेछु। आजसम्म जस्तै आगामी दिनमा पनि देशका लागि प्रतिस्पर्धा गर्न र जित्न चाहन्छु,’ उनले लेखेका छन्।

युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा आफूलाई मैदानमा उतार्ने अपेक्षा गराइए पनि प्रशिक्षकले अन्तिम समयमा खेल्न नदिएपछि विवाद चर्किएको रोनाल्डोको भनाइ छ। उनले आफूले मध्यान्तरदेखि नै वार्मअप गरे पनि मैदानमा बोलाउने समयको प्रतीक्षा गर्दागर्दै खेल सकिएको बताएका छन्। ‘प्रशिक्षकले मसँग गरेको वाचा तोडे,’ रोनाल्डोले भनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

रोनाल्डो र जेसुस यसअघि साउदी क्लब अल नासरमा सँगै काम गरिसकेका छन्। विवाद बढेपछि उनीहरूबीच साउदी प्रो लिग क्लबका खेल निर्देशक सिमाओ काउटिन्होको उपस्थितिमा छलफल भएको थियो। रोनाल्डोका अनुसार छलफलमा जेसुसले सार्वजनिक रूपमा घटनाबारे स्पष्टीकरण दिने सहमति भएको थियो। त्यसका लागि आठ बुँदाको योजना पनि तयार गरिएको थियो।

तर, प्रशिक्षकले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति छलफलमा भएको सहमतिअनुसार नभएको रोनाल्डोको आरोप छ। उनले प्रशिक्षकले दोस्रो पटक आफ्नो वाचा तोडेको भन्दै थप आश्वासनको प्रतीक्षा नगरी प्रशिक्षण शिविर छाड्ने निर्णय गरेको बताएका छन्।

Xtrem
Xtrem

यद्यपि, जेसुसले रोनाल्डोसँग त्यस्तो सहमति नभएको दाबी गरेका छन्। उनले रोनाल्डोको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनालाई भने खुला राखेका छन्। रोनाल्डोले टोलीका सहकर्मी र पोर्चुगिज जनतासँग शिविर छाडेको घटनाका लागि माफी पनि मागेका छन्। पोर्चुगल फुटबल महासंघले आफूलाई दिने कुनै पनि सजाय स्वीकार गर्ने उनको भनाइ छ।

आफ्नो बिदाइ खेलबारे भइरहेको चर्चाप्रति प्रतिक्रिया दिँदै उनले राष्ट्रिय टोलीबाट बिदाइ हुने खेलका लागि समय रहेको तर अहिले आफ्नो प्राथमिकता प्रतिस्पर्धा गर्नु रहेको बताए। ‘मेरा समर्थक र विशेषगरी पोर्चुगिज जनतालाई वाचा गर्न सक्छु, हाम्रो बिदाइ खेल हुनेछ। एक वा त्योभन्दा बढी खेल पनि हुन सक्छन्। त्यसका लागि समय छ। तर राष्ट्रिय टोलीबारे सोच्दा मेरो ध्यान प्रतिस्पर्धा गर्नेमै हुन्छ,’ उनले भनेका छन्।

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्। पछिल्लो अभिव्यक्तिले तत्कालका लागि उनको अन्तर्राष्ट्रिय करियर अन्त्य हुने अड्कलबाजीलाई कमजोर बनाएको छ। उनले राष्ट्रिय टोलीबाट औपचारिक बिदाइभन्दा पनि देशका लागि खेल्ने र उपाधि जित्ने आफ्नो चाहना प्राथमिकतामा रहेको स्पष्ट पारेका छन्। 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ
सम्बन्धित सामग्री
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ। अन्तर्राष्ट्रिय फुटबलबा... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ बुधबार, असोज २१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्