प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेसम्म पाँच हजार ७३७ जनालाई जग्गाधनी लालपूर्जा वितरण गरेको बताएका छन्।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले लालपूर्जा वितरण गरेको जानकारी दिएका हुन्। फेसबुकमा लामो स्टाटस् लेख्दै शाहले यसलाई सुरुवात भनेका छन्।
‘विभिन्न जिल्लामा लालपूर्जा नभएका सुकुम्बासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ५,७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको छ,’ शाहले भनेका छन्, ‘यो सुरुवात हो। अब यसलाई तीव्र गतिमा देशभर विस्तार गर्ने चरणमा हामी प्रवेश गरेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।