काठमाडौं– नेपालले एसीसी पुरुष प्रिमियर कपको फाइनलमा प्रवेश गर्न पहिला ब्याटिङ गर्ने भएको छ।
ओमानले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
नेपालले बहराइन, साउदी अरब र मलेसियालाई हराएको थियो। तर, हङकङसँग भने १५ रनले पराजित हुन पुगेको थियो। यता, ओमान भने समूह ‘बी’को उपविजेता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।