काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरेबियालाई हराउँदै सेमिफाइनलमा पुगेको छ । १९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा मात्र पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले समूह चरणमा एक खेल हङकङसँग खेल्न बाँकी नै छ ।
तर लगातार तीन खेल जित्दै नेपाल आफ्नो समूहबाट सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा रोहितकुमार पौडेल र गुलशन झाले अविजित ६१ रनको साझेदारी गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।