काठमाडौं– लाउटारो मार्टिनेजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि इन्टर मिलानले शनिबार सिरी ‘ए’ मा उपाधि प्रतिद्वन्द्वी नापोलीलाई ३–२ ले हराएको छ।
नापोलीले माटेओ पोलिटानो र रास्मुस होयलुन्डको गोलमा ५०औं र ५३औं मिनेटमा २–० को अग्रता बनाएको थियो। तर‚ त्यसको तीन मिनेटपछि मार्टिनेजले इन्टरका लागि पहिलो गोल गरे। मार्कस थुरामले ८२औं मिनेटमा बराबरी गोल गरे।
इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिनेजले निर्णायक गोल गरे।
यस जितसँगै इन्टरले सिजनको सुरुआती तीनै खेल जित्दै उपाधि रक्षा अभियानलाई बलियो बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।