काठमाडौं– प्रशिक्षक लुइस एनरिकेबीच सन् २०३० सम्म युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने भएका छन्। क्लबले शुक्रबार सम्झौता थप गरिएको घोषणा गरेको हो।
५६ वर्षीय एनरिकेको अघिल्लो सम्झौता आगामी समरमा सकिँदै थियो। उनको नेतृत्वमा पीएसजीले लगातार दुईपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। यस्तै, तीनपटक फ्रेन्च लिगको उपाधि हासिल गरेको छ।
पीएसजीमा आबद्ध हुनुअघि एनरिकेले स्पेनको राष्ट्रिय टोली सम्हालेका थिए। त्यसअघि उनले बार्सिलोनालाई युरोपियन कपको उपाधि दिलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।