काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रान्सेली लिग वानमा सिजनको पहिलो हार बेहोरेको छ।
शुक्रबार सम्पन्न खेलमा मोनाकोसँग पीएसजी २–१ ले पराजित भएको हो। घरेलु मैदानमा पीएसजीका लागि मार्किन्होसले ३१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, मोनाकोले पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
मोनाकोका लागि फ्लाभियो नाजिन्होले ५८औं मिनेटमा बराबरी गोल गरे। स्टानिस इडुम्बोले ७२औं मिनेटमा निर्णायक गोल गरे।
यो जितसँगै मोनाको लिग वानको शीर्ष स्थानमा पुगेको छ। उसले सिजनका सुरुआती तीनवटै खेल जितेको छ।
पीएसजीले भने लिगको पहिलो दुई खेलमा रेनेस र लिलसँग समान २–२ को बराबरी खेलेको थियो। गत महिना फ्रेन्च सुपर कपमा लेन्ससँग १–० ले पराजित भएको पीएसजीका लागि यो सिजनको पहिलो लिग हार हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।