काठमाडौं– नेपालले एसीसी मेन्स प्रिमियर कपमा १०४ रनको सामान्य लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भएको हो।
मलेसियाका कप्तान सैयद अजिजले ४९ बलमा सर्वाधिक ३० रन बनाए। अकिल वाहिदले २४ तथा विरन्दीप सिंहले १४ रन जोडे।
नेपालका तीव्र गतिका बलर करण केसीले ७.३ ओभरमा २३ रन खर्चेर सर्वाधिक ४ विकेट लिएपछि मलेसियाको इनिङ्स दबाबमा परेको थियो।
ललितनारायण राजवंशीले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।