काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीनवटा साइट सञ्चालनमा ल्याएको छ। बुधबार धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट सुचारु गरिएको हो।
कल्लेरी साइट सञ्चालनमा आएपछि आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, बेल्टारलगायत क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन्। भद्रटार थप्रेक र पुसनटार साइटबाट पनि आसपासका विभिन्न क्षेत्रमा नेटवर्क सेवा विस्तार भएको टेलिकमले जनाएको छ।
यी तीन साइट सञ्चालनमा आएसँगै बाढी प्रभावित १२० मध्ये ११३ साइट सञ्चालनमा आएका छन्। टेलिकमले आंशिक क्षमतामा सञ्चालन भइरहेका साइटलाई समेत क्रमशः पूर्ण क्षमतामा सञ्चालन गर्ने काम जारी राखेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।