काठमाडौं– सिग्नेचर ह्विस्की तथा स्मिरनोफ भोड्काजस्ता ब्रान्ड सञ्चालन गर्दै आएको नेपाल लिकर्स प्रालिले रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाल लिकर्स प्रालि र कम्पनीमा कार्यरत कर्मचारीको संयुक्त पहलमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा राष्ट्रसँगै उभिएको जनाएको छ।
आर्थिक सहयोगले मात्र बाढीबाट भएको अपूरणीय क्षति र पीडा पूर्ति गर्न नसक्ने भए पनि सामूहिक सहयोग र सहकार्यबाट पुनःस्थापना तथा पुनर्निर्माण सम्भव हुने कम्पनीको विश्वास छ।
नेपाल लिकर्सले प्रभावित क्षेत्रमा खटिएका सरकारी निकाय, स्थानीय तह, सुरक्षाकर्मी तथा स्वयंसेवकको राहत तथा उद्धार प्रयासमा साथ दिन नागरिक तथा संघसंस्थालाई समेत आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।