काठमाडौं– बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिएपछि बहराइनको इनिङ्स ८७ रनमा सीमित भएको हो।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे। मुहम्मद वासिमले १३ रन बनाए भने अली दाउदले २८ बलमा १० रन जोडे। अब्दुल माजिद अब्बासी ५८ बलमा ८ रन बनाएर नटआउट रहे।
नेपालका बलरमध्ये सन्दीपले ५ विकेट लिनुका साथै ४ मेडन ओभर राखे। ललितनारायण राजवंशीले ६.२ ओभरमा २० रन खर्चेर ३ विकेट लिए भने करण केसीले ८ ओभरमा १४ रन दिँदै २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।